२०८२ भदौ १२ गते
काठमाडौँ । इंग्ल्याण्डमा रहेको प्रतिष्ठित ईवाई इकोनोमी वाच रिपोर्टको अगस्ट संस्करण अनुसार, भारत २०३८ सम्ममा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिन सक्ने अनुमान सार्वजनिक गरेको छ । साथै प्रतिवेदनले भारतको २०३८ सम्ममा ३४.२ ट्रिलियनको कुल गार्हस्थ्य उत्पादन हुने जनाएको छ । सो प्रतिवेदनले भारतको विकासमा अनुकूल जनसांख्यिकीले मात्र नभई संरचनात्मक सुधार र लचिलो आर्थिक आधारभूत कुराहरूले पनि सहयोग पुर्याएको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को अनुमानलाई उद्धृत गर्दै ईवाईले निकट भविष्यमा भारतको अर्थतन्त्र २०३० सम्ममा २०.७ ट्रिलियन डलर (पीपीपी) पुग्ने अनुमान गरेको छ।
हालै अमेरिकाले कायम गरेको भन्सार शुल्कले भारतको जीडीपीको लगभग ०.९प्रतिशतलाई असर गर्न सक्ने समेत उल्लेख गरिएकोछ । तर प्रतिवेदनले उल्लेख गरेको छ कि यदि भारतले निर्यात विविधीकरण गर्ने, घरेलु माग बढाउने र अन्य देशहरू र समूहहरूसँग व्यापार साझेदारीलाई अगाडि बढाउने जस्ता उपाय अपनाएमा जीडीपी वृद्धिमा ०.१ प्रतिशत मात्र प्रभाव पर्ने कुरा उल्लेख गरेको छ ।
विश्वका ठूला अर्थतन्त्रहरूमध्ये अहिले भारत अर्थतन्त्रमा अगाडि आउनुमा उच्च बचत र लगानी दर, अपेक्षाकृत युवा जनसंख्या, र दिगो वित्तीय स्थिति रहेको छ ।भारतकोे विश्वव्यापी रूपमा दोस्रो उच्च बचत दर र सरकारी ऋण जीडीपी अनुपात २०२४ मा ८१.३५ बाट घटेर २०३० सम्ममा ७५.८५ हुने अपेक्षा गरिएको छ ।
भारतको आर्थिक लचिलोपन नीति, घरेलु मागमा निर्भरता र आधुनिक प्रविधिहरूमा बढ्दो क्षमता हुँदाहुँदै पनि भन्सार राजश्वको दबाब र सुस्त व्यापार जस्ता विश्वव्यापी अनिश्चितताहरूले भने अर्थतन्त्रलाई दबाब दिने देखिएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र चीनको २०३० सम्ममा कुल गार्हस्थ उत्पादन ४२.२ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ तर धेरै वृद्ध जनसंख्या र बढ्दो ऋणका कारण चीनले प्रतिकूल परिस्थितिको सामना गरिरहेको छ। यसैबीच, संयुक्त राज्य अमेरिकाले जीडीपीको १२० प्रतिशत सम्म ऋण पुग्ने अनुमान र सुस्त वृद्धिसँग संघर्ष गरिरहेको छ भने विश्व अर्थतन्त्रमा उदाउँदो देशहरु जापान र जर्मनी दुवै देश उच्च औसत आयु र विश्वव्यापी व्यापारमा बढी निर्भर रहेका कारण पनि भारत दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अनुमान गरिएको जनाइएको छ ।
प्रतिक्रिया