२०८३ असार १६ गते
काठमाडौँ । अर्थमन्त्रीको निर्देशनमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानिएको छ । उनको ठाउँमा निमित्त महानिर्देशकको जिम्मेवारी स्वरुप भरतमणि पाण्डेलाई दिइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट भण्डारीलाई सोमवार मन्त्रालय तानिएको थियो । भण्डारी २०८२ भदौ १ गतेदेखि महानिर्देशकको जिम्मेवारीमा गएका थिए। बजेट भाषणअघि जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँच पासमा त्रुटि देखिएपछि १३ कर्मचारीलाई कारबाही गरिएको थियो ।
भन्सार नाकामा बजेट भाषण अघि देखिएको त्रुटि प्रकरणमा विभागीय प्रमुखलाई पनि नैतिक जिम्मेवार बनाउन भन्दै उनलाई मन्त्रालयमा तानिएको बुझिएको छ ।
प्रतिक्रिया