बालेनले ओलीलाई फर्काए जवाफ,'हत्यारासँग सार्वजनिक बहसमा बस्न चाहन्न'

२०८२ माघ ११ गते

बालेनले ओलीलाई फर्काए जवाफ,'हत्यारासँग सार्वजनिक बहसमा बस्न चाहन्न'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा झापा ५ का रास्वपाबाट प्रत्यक्षका उम्मेदवार बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक बहसमा बस्न तयार नभएको बताएका छन् ।नेपाली कांग्रेसका तर्फबाट फागुनमा हुने चुनावका लागि गगन थापा,एमालेका तर्फबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको छ । 

उक्त तीनै पार्टीका प्रधानमन्त्रीका रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विदेशमा जस्तै एजेण्डा र अन्य राजनीतिक मुद्दामा केन्द्रित भएर सार्वजनिक बहस चलाउन पर्ने केही आवाज उठेपछि पत्रकार राजेन्द्र बानिया,टीकाराम यात्री र निमेष बन्जाडेले आफूहरु तीनै जनालाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस चलाउन तयार रहेको टीप्पणी गरेका थिए । लगत्तै एमाले अध्यक्ष केपी ओलीले आफू बहसमा बस्न तयार रहेको बताएका थिए । तर प्रधानमन्त्रीका अर्का उम्मेदवार बालेन्द्र शाहले भने ओलीलाइ जेनजी आन्दोलनका आन्दोलनकारी हत्या गर्ने आदेश दिने हत्यारासँग बहस गर्न एउटै मञ्चमा बस्दा आफू पनि हत्यारा ठहर हुने र त्यसको कुनै औचित्य नहुने जवाफ फर्काएका छन् ।

Advertisement:

Ad
Ad

उनले केपी ओलीको फेसबुक स्ट्याटसमा लेखेका छन्,'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो,तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ।
आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो?त्योपछि अरू कुरा गरौँला,७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।'