२०८३ जेठ ११ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो कार्यकालको १ वर्षभरी विदेश भ्रमणमा नजाने मनस्थितीमा रहेका छन् । प्रधानमन्त्रीका नजिकका पात्र मानिएका भूपदेव शाहले हालै दिएको एक अन्तरवार्तामा प्रधानमन्त्री शाह कम्तीमा कार्यकालको १ वर्ष कुनै पनि मुलुक भ्रमणमा नजाने सोचमा रहेको बताएका हुन् ।
हालै एक टेलिभिजन अन्तरवार्तामा अन्तरवार्ताकारले भूपदेवसँग प्रधानमन्त्री बालेन्द्र शाह कहिले विदेश भ्रमणमा निस्कनुहुन्छ ? भनेर प्रश्न गरेका छन् । उक्त प्रश्नमा उत्तर दिँदै भूपदेवले उत्तर दिएका छन्, 'प्रधानमन्त्री मैले बुझे अनुसार जन जिविकाको मुद्दामा नै केन्द्रित भएर काम गर्न फोकस हुनुहुन्छ, झट्टै कुनै मुलुक भ्रमणमा निस्कने मनस्थिती बुझेको छैन ,कम्तीमा १ वर्ष जानुहुँदैन होला ।'
प्रतिक्रिया