आजदेखि लागू हुनेगरी अस्ट्रेलियाको भिसा शुल्क बढ्यो, कति पुग्यो ?

२०८३ असार १७ गते

आजदेखि लागू हुनेगरी अस्ट्रेलियाको भिसा शुल्क बढ्यो, कति पुग्यो ?

काठमाडौं । अस्ट्रेलिया सरकारले आज जुलाई १ देखि अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातक भिसाको आवेदन शुल्क बढाएको छ।

 

Advertisement:

Ad
Ad

नयाँ व्यवस्था अनुसार विद्यार्थी भिसा सबक्लास ५००को आवेदन शुल्क २,००० अस्ट्रेलियन डलरबाट बढाएर २,५०० अस्ट्रेलियन डलर पुर्‍याइएको छ। त्यस्तै, अस्थायी स्नातक भिसा सबक्लास ४५० को शुल्क ४,६०० अस्ट्रेलियन डलरबाट बढाएर ५,७५० अस्ट्रेलियन डलर कायम गरिएको छ।त्यस्तै टुरिस्ट तथा भिजिट भिसामा जानेको २ सय डलरबाट बढाएर २५० डलर बनाइएको छ । 

 

यो शुल्क वृद्धि आजदेखि लागू भएको हो। नयाँ शुल्कले अस्ट्रेलियामा अध्ययन वा अध्ययनपश्चात् काम गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा थप आर्थिक भार पर्ने अपेक्षा गरिएको छ।