युवकले आत्महादको प्रयास गरेपछि राहदानी विभाग अगाडि प्रहरी तैनाथ

२०८३ असार २५ गते

युवकले आत्महादको प्रयास गरेपछि राहदानी विभाग अगाडि प्रहरी तैनाथ

काठमाडौँ । नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि युवकले आवेशमा आएर आत्मदाहको प्रयास गरेको घटनापछि अहिले राहदानी विभाग परिसरमा बाक्लो मात्रामा प्रहरी तैनाथ गरिएको छ ।

 

Advertisement:

Ad
Ad

त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आज अपरान्ह २५ वर्षका गणेश नेपालीले आफ्नो शरीरमा आफैंले आगो लगाएर आत्मदाह प्रयास गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । 

 

यतिखेर घटनास्थलमा अप्रत्याशित घटना नहोस् भन्नका लागि प्रुहरी तैनाथ गरिएको छ  ।