२०८२ साउन २५ गते
काठमाडौं । टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ काठमाडौंमा चलिरहेको छ ।अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रदर्शनी आज २५गतेसम्म सम्म चल्नेछ ।
कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, इन्टरनेट अफ थिंग्स (आईओटी), साइबर सुरक्षा, स्टक ट्रेडिङ सिमुलेसनजस्ता कार्यशालाहरू, बिजनेस स्टल, क्लबका गतिविधि र रमाइला खेलहरू यसका आकर्षण रहेका छन् ।यो कार्यक्रम प्लस टु उत्तीर्ण, स्नातक तहका विद्यार्थी र आइटिमा गहिरो रुचि र चाहना राख्ने विद्यार्थी तथा युवाहरूका लागि लक्षित छ। प्राविधिक सिकाइ, नेटवर्किङ र भविष्यको शिक्षाको झलक दिने यो उत्सवमा प्रवेश निःशुल्क छ।

विद्यार्थीद्वारा निर्मित परियोजनाको प्रदर्शनी, अमेरिकासँग सम्बद्ध प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलले बीएससी आइटी, एमएससी आइटी, बीबीए, एमबीए, डाटा एनालिटिक्स र आइटीमा एमबीएजस्ता कार्यक्रम सञ्चालन गर्छ। यो इभेन्टमा बीएससी आइटीका अन्तिम वर्षका विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्। करिब १७० विद्यार्थी संलग्न यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक सम्भावना बोकेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
प्रदर्शनीका केही उल्लेखनीय परियोजनाहरूमा पुष्प वृष्टि गराउने एफ पिभ ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबोट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम(एआई)द्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने० लगायत छन्।

उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुने गरी बिकास गर्ने विद्यार्थीहरुको भनाइ छ ।
साइबर सुरक्षा र अन्य नवप्रवर्तन
साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने कसीले बताए। स्मार्ट सिँचाइ, स्मार्ट होम सिस्टम ९ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली० र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन्। प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ ।
उद्यमशीलताको प्रोत्साहन
स्कूलको स्टार्टअप इन्कुबेसन सेन्टरले यी परियोजनालाई व्यावसायिक बनाउन सहयोग गर्छ। आइटी र बिजनेस विद्यार्थीहरूको सहकार्यले यी परियोजनालाई बजार र लगानीका लागि तयार पारिन्छ। “नेपालमा पनि यस्ता नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो,” कार्यकारी अध्यक्ष केसी भन्छन्, “यी परियोजनाहरू विद्यार्थीहरूले स्क्र्याचबाट बनाएका हुन्, र हामी यसलाई हरेक वर्ष निरन्तरता दिनेछौं।”
प्रतिक्रिया