मिहिन ढंगले मूल्यांकन गरेर मात्र आईपीओ स्वीकृति दिन धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको निर्देशन

२०८२ असार १६ गते

मिहिन ढंगले मूल्यांकन गरेर मात्र आईपीओ स्वीकृति दिन धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आईपीओ निष्कासन गर्न लागेका कम्पनीको वित्तीय र व्यवस्थापकीय पक्षको गहिरो मूल्यांकन गरेर मात्र स्वीकृति दिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

 

Advertisement:

Ad
Ad

अख्तियारको डेढ वर्षअघिको सुझावपछि आएको निर्देशनमा धितोपत्रको रेटिङ, प्रिमियम मूल्य निर्धारणमा पारदर्शिता र वस्तुपरक मूल्यांकन गर्न भनिएको छ।

 

इप्पानले बोर्डमाथि कमिसन मागेको आरोप लगाएपछि बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आवेदन रद्ध गरेको थियो।

 

सार्वजनिक लेखा समितिको निर्देशनपछि लामो समय हाइड्रोपावर कम्पनीको आईपीओ स्वीकृति रोकिएको थियो।अर्थ मन्त्रालयका अनुसार लगानीकर्ता संरक्षण र बजार विश्वसनीयताका लागि यो कदम आवश्यक भएको हो।