काठमाडौ । राजावादीको आन्दोलनले उग्ररुप लिदा ठुलो मात्राका भौतिक क्षति भएको छ । तिनकुनेको भवन जलेको छ भने नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन् ।
यस्तै बालकुमारीमा पनि गाडी जलाएका छन् । यस्तै कोटेश्वर भाटभटेनीमा पनि आगजनी र लुटपाट भएको छ । यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगो लगाएका छन् । अन्न्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । अहिले प्रदर्शनकारी तितरबित्तर भएका छन् । भित्र भित्र छिरेर तोडफोड तथा आगजनी गरिरहेको छन् । अहिले चारैतिरबाट धुवाँको मुस्लो आइरहेको छ । स्थिती थप तनावग्रस्त बनेको छ । सडकमा सेना परिचालित भएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !