काठमाडौँ । एमाले नेता महेश बस्नेतले राजावादीको आन्दोलन सुरु नहुँदै तुहिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित राजा समर्थकहरुको प्रदर्शन मुठभेटमा परिणत भएपछि प्रहरीले आन्दोलन दबाउन अश्रुग्याँस र गोली बर्साएको थियो । त्यसपछि प्रदर्शनकारीहरु केही बेर तितरवितर भएका थिए ।
उक्त घटनापछि नेता बस्नेतले सामाजिक सञ्जालमा राजावादीहरुको आन्दोलन कमजोर रहेको र नेतृत्व नै भागेको आरोप लगाएका छन् । एमाले नेता महेश बस्नेत र राजा समर्थक दुर्गा प्रसाइँ लामो समयदेखि एकबीच अर्का आरोप प्रत्यारोपमा उत्रिरहेका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !