काठमाडौ । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु
आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै जिडिपीमा सामान्य वृद्धि हासिल भएको भनेको छ ।
अर्थतन्त्रको बृद्धि हुनुमा यातायात, निर्माण कृषि उत्पादन, विद्युत उत्पादन तथा वित्तरणमा भएको बृद्धिलाई मानिएको छ । यो त्रैमासमा १८ वटै औद्योगिक क्षेत्रमा धनात्मक बृद्धि भएको अनुमान गरिएको छ ।गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको अर्थतन्त्रको आकार ५ प्रतिशतभन्दा बढीले विस्तार भएको हो । यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर भएको तथ्यांक कार्यालयले जनाएको छ । विद्युत् तथा ग्यास क्षेत्र ४.८ प्रतिशत र आवास तथा भोजन क्षेत्र २.७ प्रतिशतले खुम्चिएका छन् ।
मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४.२ प्रतिशत वृद्धिदर रहेको छ भने खानी तथा उत्खनन क्षेत्र ९.२ प्रतिशत वृद्धिदर रहेको छ । मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर ३.२ प्रतिशत मात्र हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !