काठमाडौँ। बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ३९.१३ विन्दुले बढेर २६२१.८६ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.५१ प्रतिशतले बढेको हो ।
नेप्स परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब १८ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ४८ हजार सात सय ८५ पटकको कारोबारमा चार अर्ब २० करोड बराबरको किनबेच भएको छ । जसमा २३१ कम्पनीका शेयर बढेका छन् भने १२ कम्पनीका शेयर घटेका छन् ।
बुधबार सर्वाधिक बढ्ने स्टकमा माउन्टेन हाइड्रो नेपाल रह्यो जसको शेयर ५.८५ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा उपकार लघुवित्त रह्यो जसको शेयरमा ७.०९ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ४१ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सानिमा ग्रोथ फन्डको शेयर रह्यो जसको पाँच लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !