काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि एफपीओ बिक्रि खुला गर्ने भएको छ । लघुवित्तले ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ बिक्रि गर्न लागेको हो ।
एफपिओको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ अंकित रहेको छ । कम्पनीले ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।
यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !