काठमाडौँ। हिजो ५० अंकभन्दा बढीले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक २६.१० विन्दुले बढेर २६४०.७८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.९९ प्रतिशतले बढेको हो ।
नेप्स परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन छ अर्ब ३२ करोड करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ५८ हजार दुई सय ३५ पटकको कारोबारमा चार अर्ब ४८ करोड बराबरको किनबेच भएको छ । जसमा २१० कम्पनीका शेयर बढेका छन् भने ३३ कम्पनीका शेयर घटेका छन् ।
सोमबार सर्वाधिक बढ्ने स्टकमा गर्डीयन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर ९.५१ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा अप्पर हेवा खोला हाइड्रोपावर रह्यो जसको शेयरमा ४.२६ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको ३२ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सानिमा ग्रोथ फन्डको शेयर रह्यो जसको चार लाख ५४ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !