काठमाडौ । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा साढे बिमाबाट २८ अर्ब रुपैयाँ बढी शुल्क संकलन गरेका छन् । यो १४ निर्जीवन बिमा र ४ वटा लघु बिमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरुले संकलन गरेको शुल्क हो ।
नेपाल बिमा प्राधिकरणको फागुन मसान्तसम्मको तथ्यांक अनुसार कुल २८ अर्ब ६० करोड ८४ लाख ६३ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको जनाएको छ । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । लघु निर्जीवन बिमा कम्पनीमध्येमा भने नेपाल माइक्रो इन्सुरेन्सले सबैभन्दा धेरै १६ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
फागुन मसान्तसम्ममा १४ बिमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरुले ५७ करोड ९६ लाख १२ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । नेसनल इन्सुरेन्स कम्पनीले भने सबैभन्दा थोरै ७६ करोड ४७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
८ महिनामा १८ कम्पनीहरुले कुल २० लाख ७३ हजार ४६३ वटा बिमा लेख जारी गरेका छन् । नीर्जवन बिमा कम्पनीले १८ लाख ४३ हजार ४५६ बिमा लेख जारी गरेका छन् । यस्र्तै लघु नीर्जिबन बिमाले मात्र २ लाख ३० हजार ७ बिमालेख जारी गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !