काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितिमा प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् । त्यस्तै महासचिवमा शिव प्रसाद खनाल कोषाध्यक्षमा खेमराज भण्डारी, सचिवमा श्यामसुन्दर नगरकोटी चयन भएका छन्। सदस्यहरूमा अनिश तिमिल्सिना, विशाल त्रिताल, करुणा थापा, सानुकाजी कुँवर र मेलिना खरेल निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष शम्भु प्रसाद मिश्र प्राधिकरणको उपनिर्देशकमा बढुवा भएसँगै प्राधिकरण व्यवस्थापनभित्रै पर्ने भएकाले प्राधिकरण कर्मचारी शेवासर्त विनियमावली बमोजिम युनियनमा बस्न नमिल्ने कारण विशेष अधिवेशन मार्फत नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो । निःवर्तमान अध्यक्ष मिश्रले दुई वर्ष प्राधिकरण कर्मचारी युनियनको अध्यक्ष पद बहन गर्दै गर्दा धेरै कर्मचारीका समस्या सम्बोधन गर्न पहल गरेको स्मरण गरे । उनले भने,’मैले मेरो कार्यकालमा काम गर्दै जाँदा कसैको चित्त दुखाई भएको भए ती सबै असल नियतले नै गरेको ठान्नुहोला ।’ आगामी कार्यसमितिले गर्ने काम कारबाहीमा पनि साथ रहने बताउँदै उनले बीमा क्षेत्रमा काम गरेको भन्दा कर्मचारीले शिर ठाडो र गर्विलो छाती बनाउने अवस्था आओस् भन्दै शुभकामना व्यक्त गरे ।
निःवर्तमान अध्यक्ष मिश्रलाई बीमा प्राधिकरणले आइतबारदेखि ४ नम्वर प्रदेश प्राधिकरण प्रमुखको हैसियतमा पदस्थापन गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !