काठमाडौँ । बालकोट बाबु छोरा हत्या घटनामा फरार रहेका मिलन आचार्यले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । आचार्य आफैं प्रहरी कार्यालयमा उपस्थित भई आफैंले बुवा र भाइको हत्या गरेको स्वीकार गरेको महाराजगंज प्रहरी वृत्तले जानकारी गराएको छ । ।
सोमबार ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीन आचार्यको शव सूर्यविनायक नगरपालिका-२, बालकोट फिकाधारटोलस्थित घरको कोठामा फेला परेको थियो । दुई बाबु र छोराको शव भित्र रहेको र बाहिर ढोकामा ताल्चा लगाइएको अवस्थामा जेठो छोरा मिलन फरार रहेका थिए । प्रहरीले घटनामा जेठो छोराको संलग्नता रहेको भन्दै खोजी जारी राखेको थियो ।
प्रहरीले ताल्चा फोडेर भित्र पस्दा किचेन बनाइएको कोठामा रहेको खाटमा कान्छा छोराको शव थियो भने बुबाको शव अर्को कोठामा थियो । बाबुछोरा दुवैका कानको तल्लो भागमा चोट रहेको र कोठामा भेटिएको सिलौटोको लोहोरोले कन्चटमा हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !