काठमाडौ । रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लानेछानेको काठमाडौंमा पहिलो दिनको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई त्यहाबाट बाहिर निकालिएको थियो । माइतीघस्थित सरकारी वकिलको कार्यालय अगाडी भेला भएर बसेका रास्वपाका कार्यकर्ताले लामिछानेलाई कार्यालयबाट निकालिएको पत्तो पाएनन । बयान सुरु हुनभन्दा पहिलेदेखि नै माइतीघरस्थित सरकारी वकिलको कार्यालय अगाडि रास्वपाका कार्यकर्ताहरुको भीड लागेको थियो । सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट उनलाई निकालिएको थियो । बिहीबार उनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सुर्यदर्शनसँगै बुटवल, काठमाडौं र चितवनका विभिन्न सहकारीको बचत रकम पनि अपचलन गरेको आरोप उनीमाथि छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !