काठमाडौ । विशाल बजार कम्पनीको सेयर मूल्यमा लगातार सर्किट लागेको छ । बुधबार सर्वाधिक कमाउनेको एक नम्बरमा परेको विशाल बजार कम्पनी बिहिबार पनि सर्वाधिक कमाउँनेको सुचिमा पर्यो । बिहिबार एकै दिन ४ सय ९५ रुपैयाँले सेयर मूल्य बढेर यसको सेयर मूल्य ५ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य ५२ हप्ता यताकै उच्च हो ।
बुधबार र बिहिबारमा यसको सेयर मूल्य २० प्रतिशतले बढीसकेको छ । बिशाल बजारको सेयर मूल्यको मात्र बजार पुँजीकरण २ खर्ब १८ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । विशाल बजार कम्पनी लिमिटेडको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता संस्थापक सेयर सूचीकृत भएको थियो। तर यसको मूल्य भने समायोजन भइसकेको छैन । कम्पनीको ९८.९६ प्रतिशत हिस्सा संस्थापक समूह र १.०४ प्रतिशत हिस्सा सर्वसाधारण समूहको रहेको छ । साधारण सेयर ४ लाख १८ हजार ९६७ कित्ता रहेको छ । बजार पुँजीकरण सबैभन्दा धेरै भएको विशाल बजारले ६ वर्षदेखि साधारणसभा गर्न सकेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !