काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबार मात्र कर्णाली डेभलपमेन्ट बैंकमा पैसा राख्न र कर्जा प्रवाह गर्न रोक लगाएको सुचना सार्वजनिक गर्यो । यसको निस्क्रय कर्जा ज्यादै उच्च देखिएको र विभिन्न सुचकांकमा पनि समस्या देखिएपछि केन्द्रिय बैंकले शिघ्र सुधारात्मक कारबाही स्वरुप यसले निक्षेप संकलन र कर्जा प्रवाह गर्न नपाउँने व्यवस्था गर्यो । राष्ट्र बैंकको सो सुचनासँगै आत्तिएका सेयर लगानीकर्ता कर्णाली डेभलपमेन्टको सेयर के हुन्छ भन्दै चासोका साथ बुधबारको बजार कुरेर बसे । तर बुधबार यस बैंकको सेयर मूल्यमा अस्वभाविक बृद्धि देखिएको छ ।
सकारात्मक सर्किट लागेपछि सेयर मूल्यमा चलखेल गरिएको आशंका व्यक्त गरिएको छ । यसमा ठुला लगानीकर्ताले मूल्यमा चलखेल गरेको हुनसक्ने नेप्से स्रोतले बताएको छ । स्रोत भन्छ, समस्यामा परेको सुचना केन्द्रिय बैंकले जारी गर्दा गर्दै यसकै सेयर मूल्य सर्वाधिक बढ्नु पर्ने कारण छैन । यसमा म्यानुपुलेटरहरुले खेलेको हुनसक्छ ।
अर्कोतर्फ यसलाई अवसरको रुपमा पनि लिएको हुनसक्ने स्रोत बताउँछ ।कर्णाली डेभलपमेन्ट बैंकको बढेको सेयर मूल्य सँगै यसको मात्र सेयरको बजार पुँजीकरण ४ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यसको दोस्रो बजारमा ५० लाख २८ हजार ३ सय कित्ता सेयर सुचिकृत छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !