काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दिने साढे २५ प्रतिशत लाभांश प्रस्ताव पारित गराउँन साधारणसभा बोलाएको छ । बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजेबाट शुरु हुने गरि वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित)गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसकारण मंसिर ५ गतेसम्म (बुधबार) सम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको ४.१७ प्रतिशतले बढेर ८६ करोड २२ लाख १ हजार रुपैयाँ पर्याएको थियो । यसको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ छ । यसअवधिमा प्रतिसेयर आम्दानी १ रुपैयाँ ४६ पैसाले बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ १३ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !