काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कात्तिक २८ गते भारतीय ठुलो गोलभेडाको मूल्य अधिकतम १०० रुपैयाँसम्म रहेको छ । औषतमा ९५ रुपैयाँ प्रतिकेजीमा बिक्रि भइरहेको छ । लोकल सानो गोलभेडा प्रतिकेजी ९५ रुपैयाँसम्म बिक्रि भइरहेको छ । टनेलको सानो गालेभेडा १३० रुपैयाँ प्रतिकेजीसम्म बिक्रि भइरहेको छ । आलु रातो अधिकतम ८० रुपैयाँ प्रतिकेजी छ भने भारतीय रातो आलु ६० रुपैयाँ प्रतिकेजीसम्म बिक्रि भइरहेको छ । भारतीय सुकेको प्याज १२५ रुपैयाँ देखि १३० रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल गाजरको १३० रुपैयाँ देखि १४० रुपैयाँसम्म रहेको छ । बन्दा लोकल ७० देखि अधिकतम ८० रुपैयाँसम्म, लोकल काउली ९० देखि १०० रुपैयाँसम्म र तराइको काउँली अधिकतम ९० रुपैयाँ रहेको छ । मुला रातो अधिकतम ५० रुपैयाँ र सेतो ४० रुपैयाँसम्म बिक्रि भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तनेबोडी १५०, मकै बोडी ६०, मटरकोशा अधिकतम १२० रुपैयाँ, लौका ६०, तितेकरेला ९० रुपैयाँसम्म रहेको छ । रायोको साग ७० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ । प्याज हरियो अधिकतम १५० रुपैयाँसम्म रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !