काठमाडौँ । सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला एक लाख ७१ हजारमा कारोबार भइरहेको छ । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा भएको आजको वृद्धिसँगै कीर्तिमान कायम हुन पुगेको हो । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्धि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको थियो । बुधवारको तुलनामा आज प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी आजका लागि रु दुई हजार ९० निर्धारण भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !