काठमाडौँ। अघिल्लो कारोबार दिनलाई निरन्तरता दिँदै मंगलबार पनि नेप्से परिसूचकमा ५० अङ्कभन्दा बढीको गिरावट आएको छ । यस दिन बजार ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २. ३३ प्रतिशतले घटेको छ ।
नेप्से ठूलो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३०९ स्टकको ७७ हजार दुई सय ६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको एक करोड ५५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १० वटा कम्पनीको शेयर बढेको छ र २३३ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।
मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.६० प्रतिशतले घटेको छ । त्यस्तै सबैभन्दा कम घट्नेमा म्युचुवल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.४८ प्रतिशत घटेको छ।
यस दिन सर्वाधिक बढ्ने अप्पर स्यांगे हाइड्रोपावर रह्यो जसको शेयरमा ७.८३ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा हिमालयन हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनएलजी इन्स्योरेन्स रह्यो जसको १८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा प्रभु सेलेक्ट फण्ड रह्यो जसको ८ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !