काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको थियो । सो समयमा विक्री हुन नसकेपछि यी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !