काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ७ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले भदौ ५ गतेदेखि असोज ८ गतेसम्म आवेदन पेश गर्न सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
आवेदन कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने खरीदकर्ताहरूले भदौ ५ गतेपछि कम्पनीबाट घोषणा हुने हकप्रद शेयर , बोनस शेयर तथा लाभांश समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !