काठमाडौँ। हाल सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित विवरण अनुसार फाइनान्स कम्पनीको नाफामा वृद्धि भएको छ ।
सञ्चालनमा रहेका १५ कम्पनी मध्येमा १४ वटा फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा ठुलो मात्रामा वृद्धि भएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा १४ वटा फाइनान्स कम्पनीहरूले ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जून नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५५ गुणा अर्थात् ९४५५.६२ प्रतिशत बढी हो ।
फाइनान्सहरुले अघिल्लो आर्थिक वर्षको सोही समय अवधिमा ४५५.६२ प्रतिशतले नाफा कमाएका छन् । धेरैजसो कम्पनीहरूको नाफा बढेको छ । सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनीमा मञ्जुश्री फाइनान्स रहेको छ । गत आर्थिक वर्षको १२ महिनामा कम्पनीले २६ करोड ५८ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कम्पनीले २४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको प्रस्तुत वित्तीय विवरणमा उल्लेख छ ।
त्यस्तै आइसिएफसि फाइनान्सले उक्त अवधिमा ११ करोड ८६ लाख ४८ हजार रुपैयाँले नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२५ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले १५ करोड ४५ लाख रुपैयाँको नाफा कमाएको थियो। यता, गोर्खाज फाइनान्सले नाफामा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी २३ लाख ५९ हजार रुपैयाँ घाटामा थियो । तर, गत वर्ष आइपुग्दा भने कम्पनीको नाफामा १० करोड ८९ लाख रुपैयाँ धनात्मक देखिएको छ ।
अघिल्लो वर्ष नोक्सानीमा रहेको कम्पनीहरूले गत वर्ष भने नाफामा गएका छन् । अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको गुडविल फाइनान्सले गत वर्षमा भने नाफामा छलाङ मारेको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । तर, गत वर्ष भने व्यापक सुधार गरी १४ करोड ८४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म श्री इन्भेष्टमेन्ट फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको २ करोड ८९ लाख रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको २ करोड ९ लाख रुपैयाँ, नेपाल फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ, गुह्येश्वरी मर्चेन्टको १ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
साथै उक्त अवधिमा चार कम्पनीको नाफा ऋणात्मक रहेको छ भने प्रोगेशिभ फाइनान्स,सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स नोक्सानमा रहेका छन् कम्पनीले क्रमशः ३ करोड रुपैयाँ, ६ करोड रुपैयाँ, १० करोड र १३ करोड रुपैयाँ नोक्सान बेहोरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !