काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा हाल प्राथमिक बजारमा एफपीओ जारी गरेको कम्पनीले प्रतिकित्ता ३४८ रूपैयाँमा यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूसगै अन्य व्यक्ति तथा संस्थाहरूले साउन १३ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौं र एनआईसी एशिया बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौं र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, धनगढी र सुर्खेतबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । आवेदन दिँदा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।
यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको १४ दशमलव ०७७ प्रतिशत बोनस शेयर समेत प्राप्त गर्ने कम्पनीको भननाई छ । साथै साउन ६ गतेपछि कम्पनीले घोषणा गर्ने हकप्रद शेयर र लाभांश समेत यी शेयर प्राप्त गर्ने कम्पनीले जानकारी दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !