काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र तीन वटा वित्त कम्पनीलाई कारवाही गरेको छ। केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले ६ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट, सिन्धु विकास र एक्सेल डेभलपमेन्ट बैंकलाई कारवाही गरेको हो ।
गत आर्थिक वर्ष २०८०/८१ को चौंथो अवधिमा ती बैंक तथा वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरिएको केन्द्रिय बैंकले जनाएको छ । यस्तै, बेष्ट फाइनान्स , रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई पनि राष्ट्र बैंकको कारवाहीमा परेका छन् । यद्यपि, यी तीनै वटा वित्त कम्पनीलाई भने सचेत मात्रै गरेको राष्ट्र बैंकले जनाएको छ ।
नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई २ हजार ५४६ रुपैयाँ जरिबाना लगाएको छ ।त्यसै गरि नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि ०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई केन्द्रीय बैंकले निरन्तरता दिएको जनाएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको तथा वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ ।
सिन्धु विकास बैंकले सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुगेको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !