चितवन । चितवन भरतपुर ७, कृष्णपुरमा स्थानीयले गाडीमा आगजनी गरेका छन् । गुगल म्याप सर्भेका लागि नापजाँच गर्न काठमाडौँबाट पुगेको टोली चढेको गाडीमा स्थानीयले आगजनी गरेका हुन् । भरतपुर पुगेको टोली चढेको गाडीलाई स्थानीय करिव ९० जनाको समूहमा आएका मानिसहरुले पूर्व पश्चिम रेलमार्ग अध्ययनका लागि सर्भे गर्न आएको भन्दै नियन्त्रणमा लिएर आगजनी गरेका हुन् ।
गुगल म्याप सर्भेका लागि भरतपुर पुगेका युवाहरुलाई नियन्त्रणमा लिएका स्थानीयको टोलीले पूर्व पश्चिम रेलमार्ग अध्यययनका लागि आएका हो कि हाइनौ भन्दै घेरेका थिए । ती युवाहरुले आफूहरु गुगल म्याप सर्भेका लागि नेभिगेटरको काम गर्न आएको रेलमार्गबारे कुनै जानकारी नभएको बताउँदा बताउँदै पनि यसअघिदेखि रेलमार्ग बनाउन आवश्यक नभएको र अर्कै ठाउँबाट बाटो बनाउन दबाव दिदै आएको स्थानीयले उनिहरुको कुरा सुन्दै नसुनी केही बेर नाराबाजी गरेका थिए । उनिहरुले रेल मार्ग बढाउन दिँदैनौ भन्दै विरोध गरिरहे भीड बढदै गयो । अन्त्यमा उनिहरुले कारमा आगजनी गरेर पूर्ण रूपमा क्षति गराए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !