काठमाडौँ । साताको पहिलो कारोबार दिन पनि नेप्सेमा हरियाली छाएको छ । सरकार परिवर्तन तथा एमाले नेता विष्णु पौडेल अर्थमन्त्रि बन्ने हल्लाले शेयर बजार विगत केहि दिन देखि लगातार बढेको छ। यस दिन नेप्से ५२.९७ अंकले बढेर २२५७.५९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः २.४० प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहको परिसूचक बढेका छन् । आइतबार सर्वाधिक बढ्नेमा जीवन बैंक उपसमूह रह्यो जसको परिसूचक ३.७४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी कम बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.८२ प्रतिशतले मात्र बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने गत साताको अन्तिम कारोबार दिन भन्दा केहि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३०९ वटा स्टकको ९६ हजार २ सय ७४ पटकको कारोबारमा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको दुई करोड २० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २०१ वटा कम्पनी बढेका छन् भने २४ वटा कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा बलेफी हाइड्रोपावर रह्यो जसको शेयर ५.१२ प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रो पावर रह्यो जसको १५ करोड ८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा ग्लोबल आइएमइको प्रमोटर शेयर रह्यो जसको २० लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !