काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से ५.६० अंकले बढेर २०७१.७७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२७ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ८ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ५ वटा उपसमूहको परिसूचक घटेका छन् । मंगलबार सर्वाधिक बढ्ने उपसमूहमा इन्वेस्टमेन्ट उपसमूह रह्यो जसको परिसूचक १.७० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.१५ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१९ वटा स्टकको ६० हजार ८ सय ५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १५१ वटा कम्पनी बढेका छन् भने ८८ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा ग्लोबल आइएमइ बैंक डिबेन्चर र मकर जितुमाया सुरी हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा साधना लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा आरएसडिसी लाघुबित्त रह्यो जसको १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको २ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !