सोलखुम्बु, दूधकुण्डका नागार्जुन नगरपालिका ६ बैराग टोलकाे एक घरमा बस्ने राजु घिमिरे (सुनार) परिवारकाे शव फेला परेकाे हाे । साे घरकाे काेठामा उनका श्रीमती र २ छोरीहरुकाे शव भेटिएकाे छ भने राजु घिमिरे (सुनार)काे शव घरभन्दा केहि पर जंगलमा भेटिएकाे छ ।
प्रहरीका अनुसार ३८ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छाेरी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हाे । ईश्वरीका श्रीमान् राजु घिमिरे (सुनार) भने जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
श्रीमती र छाेरीहरूकाे हत्या गरिसकेपछि उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेकाे छ । दैनिक ज्यालादारी गरेर उनीहरूले जिविकाेपार्जन गर्ने गरेका थिए । यद्धपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार सुनारले बिहानै सालाेलाई फाेन गरेर आफूले सबैलाई मारेकाे र अब आफू पनि मर्ने बताएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !