विमानस्थल धावनमार्गको खाल्डो पुरेपछि अवरुद्ध सबै उडान अवतरण सुचारु

२०८१ जेठ ११ गते

विमानस्थल धावनमार्गको खाल्डो पुरेपछि अवरुद्ध सबै उडान अवतरण सुचारु

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको बीच भागमा परेको क्रयाक पुरेपछि अवरुद्ध सबै उडान अवतरण सुचारु भएको छ ।

धावनमार्गको मध्य भागमा सानो खाल्डो परेपछि लगभग ४५ मिनेट आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको थियो ।जसले गर्दा पाँचवटा जती जहाज आकाशमै होल्ड भएका थिए ।

Advertisement:

Ad
Ad

'यतिबेला खाल्डो पुरिसकिएको छ र सिमेन्ट सुक्न केही समय लाग्ने भएकाले केही बेर रोकिएकोमा अहिले सबै उडान सुचारु भएको छ,' विमानस्थलका प्रवक्ता सुवास झाले वाणिज्य पोष्टसँगको कुराकानीमा भने ।