२०८२ माघ २१ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको डस्टविनमा सुन फेला परेको छ । प्रहरीले सुन सहित एकजनालाई पक्राउ समेत गरेको छ । विमानस्थलमा स्विपरको काम गर्ने डिक बहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
साढे ४ ग्राम सुन सहित राउत पक्राउ परेका हुन् । विदेशबाट अवैध सुन ल्याउनेले डस्टविनमा फालेर सरसफाइकर्मीको रोहबरमा बाहिर ल्याउने गरेका छन् ।
प्रतिक्रिया