२०८२ जेठ १५ गते
काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री पौडेलले आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्नेछन् ।
साँझ ५ बजे उनले बजेट पेश गर्ने सभामुख देवराज घिमिरेले बताए । संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट पेश गर्नुपर्ने प्रावधानन छ । विपक्षी दलले पनि संसदमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वित्तिय अवस्था समेटेको प्रतिवेदन पेश गर्न कुनै पनि अवरोध गरेनन । यसैगरी उनीहरुले बजेट पनि बाचन गर्न दिने बताएका छन् ।
प्रतिक्रिया