रित्तो घरमा पलाएको झारपातहरुले घरबेटी पर्खिएझै लाग्छ कुनै कथाहरु.....(कविता)

२०८० माघ ०५ गते

रित्तो घरमा पलाएको झारपातहरुले घरबेटी पर्खिएझै लाग्छ कुनै कथाहरु.....(कविता)

जर्मनीबाट ,,

कति कथाहरु आफ्नै लाग्छ सुनेपछि आँशु झर्छ कुनै व्यथा यस्ता हुन्छन् आफ्नै भोगाई बनी दिन्छ ।। कुनै अन्जान कलाकारले गाएको गीत सुन्दा कहिलेकाहीँ त्यो गीत आफ्नै गीत जस्तो लाग्छ कुनै कथाहरु .......

Advertisement:

Ad
Ad

चौतारीको शीतल हावामा थकाई मार्दा सुसेल्दै एकान्त जंगलमा पात बजेको मीठो धुन वा झरनाको छङ छङ कहिले काहीँ सुकेका पातहरुले आफ्नै आत्मा बोलेझै गर्छ रित्तो घरमा पलाएको झारपातहरुले घरबेटी पर्खिएझै लाग्छ कुनै कथाहरु......

क्षितिजपारीको सेतो हिमाल अनि सिमसिमे झरीको ईन्द्रेणी पहाडको माथिबाट क्षितिज छोपेको बादल वा सुर्योदय नयाँ आशा बोकेर जागरण गराउदै प्रेम र ईश्वर समरुप हुन्छ तव संसारको पीर आफ्नै हुन्छ संसारको दुख आफ्नै हुन्छ ।।

खलानको मान्छे

(खलानको मान्छे एक साहित्य अनुरागी हुन्, जो प्रवासी नेपालीका रुपमा हाल जर्मनीमा कार्यरत छन् । गजल, कविता मार्फत उनले आफ्ना सृजनाहरु पाठकमाझ पस्किँदै आएका छन् ।)