रसुवाको बाढीले विद्युत गृहमा क्षति, विद्युत आपूर्ति बन्द

२०८३ भदौ १० गते

रसुवाको बाढीले विद्युत गृहमा क्षति, विद्युत आपूर्ति बन्द

काठमाडौं ।  रसुवामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृहमा क्षति पुर्याएको छ । विद्युत  प्रसारण संरचनामा क्षति पुगेपछि  रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

 

Advertisement:

Ad
Ad

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।

 

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। 


 बुधबार रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको थियो ।