२०८२ असोज २६ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २,५०३.३५ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने वृद्धि भएको छ। आज १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन नौ कम्पनीको शेयर बढेको छ भने अन्य २४२ कम्पनीको शेयर घटेको छ। आइतबार कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रह्यो जसको ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा युनियन हाइड्रोपावर रह्यो जसको ७ लाख २६ हजार ६ सय ७३ कित्ता शेयर कारोबार भएको छ।
आज सर्वाधिक बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रह्यो जसको शेयर ६.०१ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा बुटवल पावर कम्पनी रह्यो जसको शेयर ९.२७ प्रतिशतले घटेको छ।
प्रतिक्रिया