२०८३ साउन ०८ गते
काठमाडौं । नेपाल स्टक एक्सचेन्जको बेभसाइटमा गम्भिर समस्या देखिएको छ । केही समयअघि ७ प्रतिशतले बजार बढेको देखाएको वेभसाइटमा त्यसको एकछिन पछि नै बजार १०००.८ अंकले घटेको तथ्यांक देखिएको छ ।
इन्डेक्स १७१७ विन्दुमा देखिएको छ । यो भनेको सेयर बजारको प्यानिक अवस्था हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार बजारमा त्यस्तो केही नभएको भइ बेभसाइटमै समस्या देखिएको बताउँछन् । आज नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको थियो। बजारसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको थियो ।
प्रतिक्रिया