मोही अभियानलाई बिस्तार गर्दै नेपाल डेरी एसोसिएसन, एन प्याब्सनको पदाधिकारीको पनि साथ

२०८२ जेठ ११ गते

मोही अभियानलाई बिस्तार गर्दै नेपाल डेरी एसोसिएसन, एन प्याब्सनको पदाधिकारीको पनि साथ

काठमाडौँ । नेपाल डेरी एसोसिएसन मोही अभियानलाई तीब्रता दिएको छ ।नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा।लि। काठमाडौं बीच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्री वितरण गर्न आयोजना गरिएको हाट बजारमा डेरी एसोसिएसनले आफैंले मोही बनाएर खुवाउने कामलाई बिस्तार गरिरहेको छ । यसैबीच नेपाल डेरी एसोसिएसनको सहयोगमा प्रत्यक्ष ठेक्कीमा मोही तुलाही निःशुल्क मोही खुवाउने कार्यक्रममा यस हप्ता एसोसिएशनको तर्फबाट ललितपुर जिल्ला ललितपुर वडा नं.२९, हरिसिद्विस्थित सञ्चालनमा रहेको हरपल डेरी उद्योग प्रा.लि.का सञ्चालक श्री शेषान्द सन्जेलले दही उपलब्ध गराई सहयोग गरेका थिए ।

 

Advertisement:

Ad
Ad

नेपाल डेरी एसोसिएसनद्धारा दुग्ध तथा दुग्धजन्य पदार्थहरुको बजारीकरण तथा विविधिकरण अन्तर्गत मोहीको मौलिकता र यसको फाइदाका सम्बन्धमा आम उपभोक्तालाई सचेत गराउने हेतुले  विगत २ वर्षदेखि निरन्तर एसोसिएसनले यस्ता कार्यक्रमहरु आयोजन गर्ने गरेको छ । विगतदेखि नै उत्साह पूर्वक यस मोही अभियानलाई सामाजिक, राजनीतिक, व्यापारी तथा उद्यमी व्यत्तित्व लगायत सबैले साथ सहयोग गरी अभियानमा प्रत्यक्ष सहभागी रहेको छ । यसै क्रममा देशका प्रतिष्ठित व्यक्ति देखि शैक्षिक प्रेमीहरु समेतको एक्यवद्धता यस मोही अभियानले पाएको देखिन्छ । 

 

दरबार मार्गमा विहान ७ बजे देखि १० बजेसम्म हाट बजारमा चल्ने मोही अभियानमा यस पटक अभियानलाई समर्थन गर्दै नेशनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, पूर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह–कोषाध्यक्ष शिबदत्त तिवारी एवं पूर्व केन्द्रिय प्रशासन सचीव कमल रानाभाट प्रत्यक्ष सहभागी भई मोही तुल्याउने कार्यमा सरिक थिए । 

 

अभियानमा सहभागी नेशनल प्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष भट्टराईले आधुनिकताको अवरणमा हाम्रो मौलिक खाद्य उपभोगवादी सोचमा आएको परिवर्तनलाई यो अभियानले पूर्ण रुपमा रोकी, स्थानीय मौलिक खाद्य तथा दुग्धजन्य पदार्थको उपभोगलाई बढावा दिएको कुरा बताए। दुग्ध पदार्थको उपभोगमा यस अभियानले सार्थकता पाएको पूर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले बताए। यसै गरि निरन्तर प्रयासले आज दुग्धजन्य पदार्थको उपयोगमा आएको सकारात्मक सोच र निर्भरताले देशको ग्रामिण अर्थतन्त्रलाई मजबुत बनाएको कुरा केन्द्रिय सह–कोषाध्यक्ष शिबदत्त तिवारीले बताए। साथै राज्य पक्षबाट समेत दुध तथा दुग्धजन्य पदार्थको व्यापार व्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्न आवश्यक नीति तथा कार्यक्रम आवश्यक रहेकोले तीनै तहको सरकारले सो विषयमा जोड दिनु पर्ने कुरा पूर्व केन्द्रिय प्रशासन सचीव कमल रानाभाटले बताए ।