२०८२ माघ १४ गते
काठमाडौं । काठमाडौ उपत्यकामा बर्षा भएको छ । बिहानैदेखि मौसम बदली भइ दिउँसोदेखि पानी परिरहेको छ ।
पानी परेसँगै काठमाडौ उपत्यकामा जाडो बढेको छ । यो वर्ष हिउँदमा लामो समयपछि वर्षा भएको हो ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यसले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी प्रदेशका पहाडी भूभाग र मधेश प्रदेशका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एकदुई स्थान हल्का वर्षा गराउनेछ ।
प्रतिक्रिया