२०८२ जेठ २१ गते
काठमाडौं । १० महिनामा सञ्चालनमा आउने गरी रुपनद्येहीमा कपडा उद्योेग सञ्चालनमा आउने भएको छ । १२ सयलाई रोजगारी मिल्ने उक्त उद्योेगका लगानीकर्ता हुन् भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र नेपाली कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ ।
बुधबार रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा उद्योगको भूमि पूजा तथा शिलान्यास गरिएको छ। उद्योगमा प्रारम्भिक रूपमा एक अर्ब ५० करोड रुपैयाँ लगानी हुने जनाइएको छ ।
उद्योग सञ्चालनमा आएपछि अमेरिका र युरोपका लागि तयारी पोशाक ९रेडीमेड गार्मेन्ट० निर्यात गरिने गुरुङको भनाइ छ । त्यस्तै भाटभटेनीका स्टोरहरूमार्फत घरेलु बजारमा पनि तयारी पोशाक बिक्री हुने छ ।
उद्योग सञ्चालनका लागि आवश्यक केही कच्चा पदार्थ भारत र चीनबाट आयात गरिनेछ । साथै, उत्पादन सुरु गर्नु अघि अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट श्रमिकहरूलाई तालिम दिने व्यवस्था गरिने गुरुङको भनाइ छ ।
कम्पनी १० महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । प्रारम्भिक चरणमै करिब १२ सय जनालाई प्रत्यक्ष रोजगारी दिइने र पछि थप रोजगारी सिर्जना गरिने छ ।
भाटभटेनी समूहका सीओओ पानु पौडेलका अनुसार, यो गार्मेन्ट उद्योग पूर्ण रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुनेछ । उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा मापदण्ड, स्वच्छ वातावरण प्रणाली, १ मेगावाट क्षमताको सौर्य ऊर्जा संयन्त्र र ब्याट्री स्टोरेज प्रणाली जडान गरिने योजना छ ।
आगामी आर्थिक वर्षको बजेटमा विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना गर्न चाहनेलाई तीन वर्षसम्म भाडा छुटको व्यवस्था गरिएको छ । त्यसपछिको भाडादर पनि चार गुणासम्म घटाइएको छ। पूर्वको दर २० रुपैयाँ प्रतिवर्गमिटरबाट घटाएर ५ रुपैयाँ बनाइएको छ ।
प्रतिक्रिया