२०८२ साउन १४ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज (बुधबार) बाणिज्य बैंकका अध्यक्षहरुसँग छलफल गरेका छन् ।
आर्थिक वर्ष २०८२ ८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयमा वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्षहरूसँग केन्द्रिय बैंकले छलफल गरेको हो ।
छलफलमा वाणिज्य बैंकका अध्यक्षहरूले बैंकर र व्यवसायी छुट्याउँदा उपयुक्त ‘एक्जिट प्लान’ सहितको समय माग गरेका छन् ।बैंकका अध्यक्षहरूले बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाले आर्थिक गतिविधि नै प्रभावित हुने धारणा राखेका थिए ।
प्रतिक्रिया