फोहर र प्रदुशित खाना बेचेको पाइएपछि जमलका तीन क्याफेलाई खाद्य प्रविधि विभागले गर्यो कारबाही

२०८२ माघ २५ गते

फोहर र प्रदुशित खाना बेचेको पाइएपछि जमलका तीन क्याफेलाई खाद्य प्रविधि विभागले गर्यो कारबाही

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जमलका तीन वटा होटल तथा क्याफेलाई कारबाही गरेको छ ।

 

Advertisement:

Ad
Ad

विभागले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा गरेको अनुगमनका क्रममा जमलमा सञ्चालित तीन वटा खाजा होटल तथा क्याफेहरुमा म्याद गुज्रिएको खाना,किचनमा खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण, अत्याधिक फोहर तथा प्रदुशित भएको पाइएपछि ती होटल तथा क्याफेलाई कारबाही गरेको हो । यसरी कारबाहीमा पर्ने होटलहरुमा अरोमा क्याफे तथा खाजा घर, एस के मम सेन्टर,स्वादिष्ट मः म एण्ड फास्ट फुड घर जमल रहेका छन् ।