२०८२ माघ ०४ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।
आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’
उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजीनामा दिएको पनि जानकारी गराएकी छन् ।
उनले भनिन्, ‘आज मिति २०८२ माघ ४ गते नेपालको संविधान स्थानिय सरकार सञ्चालन ऐन २०७४ र काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्था अनुसार आज कै दिन अर्थात २०८२ माघ ४ गते देखि लागू हुने गरि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दिनु भएको राजीनामा मलाई प्राप्त भएको सबैलाई जानकारी गराउन चाहन्छु ।’
प्रतिक्रिया