एनआईसी एशिया बैंकको २:१ अनुपातमा हकप्रद शेयर प्रस्ताव

२०८२ पुस २० गते

एनआईसी एशिया बैंकको २:१ अनुपातमा हकप्रद शेयर प्रस्ताव

काठमाडौँ ।  एनआईसी एशिया बैंक (NICA) ले शेयरधनीहरूलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने तयारी अघि बढाएको छ। पुस २० गते बसेको सञ्चालक समितिको बैठकले २ कित्ता बराबर १ कित्ता नयाँ शेयर दिने (२:१) अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

हालको १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा बैंकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य करिब ७ अर्ब ४५ करोड रुपैयाँ हुनेछ।

Advertisement:

Ad
Ad

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।