२०८२ भदौ २५ गते
काठमाडौँ । यतिखेर जेन–जीका प्रतिनिधिहरू अनलाइन बैठक बसिरहेका छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि नेतृत्व तय गर्न भइरहेको छलफलमा नेपालमा सैनिक शासन हुन सक्ने र त्यो भन्दा पनि भारतीय सैनिक समेतको खतरा रहेको भन्दै चाँडो अन्तरिम सरकार गठन गरिनुपर्नेमा सहभागीहरुले जोड दिइरहेका छन् ।
भारतका सेना आउनबाट रोक्नुछ, कुनै पनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछु, जेन–जी भनिरहेका छन् ।
उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारणा पनि राखिरहेका छन् ।
प्रतिक्रिया