जंगीअड्डामा जेनजीको आज निर्णायक वार्ता हुँदै, नयाँ सरकारको नेतृत्व टुंग्याइने

२०८२ भदौ २६ गते

जंगीअड्डामा जेनजीको आज निर्णायक वार्ता हुँदै, नयाँ सरकारको नेतृत्व टुंग्याइने

काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि आज राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेना र जेनजी युवा प्रतिनिधिहरूबीच निर्णायक छलफल हुँदैछ।

जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेका छन्, र आजको बैठकले त्यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।

Advertisement:

Ad
Ad

प्रधानसेनापति अशोकराज सिग्देलको पहलमा छलफल सुरु भएको हो। १९ जनाको ज्यान गएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो।

बालेन शाह, हर्क साम्पाङ लगायतका नेताहरूले पनि कार्कीलाई समर्थन जनाइसकेका छन्। कार्कीले पनि जेनजीको प्रस्ताव स्वीकार गर्ने इच्छा देखाएकी छन्।