ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने ८ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

२०८२ माघ २५ गते

ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने ८ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । ट्राफिक प्रहरीले ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने तथा स्वरुप परिवर्तन गर्ने ८ ओटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाँउस्थित सडक खण्डमा गरिएको बिशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

Advertisement:

Ad
Ad

 तारकेश्वर क्षेत्रमा स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाईकल चलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा तारकेश्वर नगरपालिका ८ मा रहेको सम्बन्धित निकायमा दर्ता नगरी चलाएको टी टी ग्यारेजमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा ८ ओटा मोटरसाईकल नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारवाहीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ । 

 

ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले त्यस्ता सवारी साधन नचलाउन हुन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । नियन्त्रणमा लिईएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।